काठमाडौं । बुधबार देशभर ४ सय ८२ जना कोरोना संक्रमित थपिएका छन । पछिल्लो २४ घण्टामा संक्रमितको संख्या हिजोको तुलनामा केही बढेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार ११७ जना महिला र ३६५ जना पुरुषमा कोरोना देखिएको हो । योसंगै नेपालमा जम्मा संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ ।
संक्रमितमध्ये काठमाडौंमा १० जना, ललितपुरमा ५ जना र भक्तपुरमा २ जना रहेका छन ।
नेपालमा हालसम्म कोरोनालाई जितेर डिस्चार्ज हुनेको संख्या चार हजार ६५६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जोगेश्वर गौतमका अनुसार कोरोना संक्रमणका कारण निधन हुनेको संख्या ३० पुगेको छ ।