बिहिवार सुनचाँदीको भाउ घट्यो

काठमाण्डौ – बिहिवार सुनको मुल्य तोलामा एकैदिन ७ सय रुपैयाले घटेको छ ।
बुधबार तोलामा ९१ हजार ७ रुपैयाँ पुगेको सुनको भाउ आज फेरि घटेर ९१ हजार रुपैयाँ नै तोकिएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।
कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ अस्थिर छ ।
चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँ घटेर तोलाको ९ सय ५० रुपैयाँ निर्धारण गरिएको छ । बुधबार चाँदी तोलामा १५ रुपैयाँ बढेर ९ सय ६० रुपैयाँमा कारोबार भएको थियो