३० श्रावण २०८३, शनिबार

एकै पटक तीन कम्पनीले एनआइसी एशिया क्यापिटललाइ गरे सेयर रजिष्ट्रार नियुक्त



काठमाडौं । तीन कम्पनीले एनआइसी एशिया क्यापिटल लिमिटेडलाइ सेयर रजिष्ट्रार नियुक्त गरेका छन् ।भूगोल इनर्जि डेभलपमेण्ट कम्पनी लिमिटेड, दोल्ती पावर कम्पनी लिमिटेड र मेन्द्रियाम हाइड्रोपावर लिमिटेडले एनआइसी एशिया क्यापिटललाइ रजिष्ट्रार नियुक्ती गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न गरेका हुन् ।

अब क्यापिटलले तीन वटै कम्पनीहरुले सर्वसाधारणमा बाँडफाँट गरेको साधारण सेयर सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिदिने, कारोवार भएको सेयरहरुको अभिलेख राख्ने, दाखिल खारेज, सेयर नामसारी, शेयरधनी लगत अध्यावधिक गरि राख्ने लगायतका शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्यहरु वैशाख २४ गते आइतबार देखि क्यापिटलको ट्रेड टावर नेपाल, थापाथली ११ को चौथो तल्ला, काठमाण्डौ मार्फत गर्ने छ ।

साथै, क्यापिटलबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु एनआईसी एशिया क्यापिटलको ‘मोवाइल एप’ बाट समेत हेर्न सकिने छ ।