समृद्धि फाइनान्सद्धारा बुद्धजयन्ती तथा उभौली पर्वको अवसरमा विभिन्न कार्यक्रम सम्पन्न - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

समृद्धि फाइनान्सद्धारा बुद्धजयन्ती तथा उभौली पर्वको अवसरमा विभिन्न कार्यक्रम सम्पन्न



काठमाडौं । समृद्धि फाइनान्सले बैशाख २२ गते २५६७औं बुद्ध जयन्तीको अवसरमा बुटबल शाखा कार्यालयबाट बुटबल स्थित पद्म चैत्य विहारमा फलफूल तथा जूस वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

यसका साथै फाइनान्सले हेटौंडा शाखा कार्यालयबाट जिक्देन शिवा छेत्रा लिङगुम्बालाई गुम्बाकी अध्यक्ष डोल्मा स्याङबो मार्फत खाद्यान्न वितरण गरेका छन् ।

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजत पत्रप्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल आठ वटा शाखाहरु मार्फत वित्तीयसेवाप्रदानगर्दै आएको छ भने आरटिजिएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यूआर कोड जस्ता डिजिटल सुविधाहरुका साथै बचत खातामा ९ प्रतिशतसम्मको उच्चतम ब्याजदर समेत प्रदान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्