शिखर इन्स्योरेन्सले माग्यो कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो ।
कम्पनीले ब्रान्च चिफका लागि केही, असिस्टेन्टका लागि १ जना, असिस्टेन्ट अकाउन्टका लागि २ जना र रि इन्स्योरेन्सका लागि १ जना कर्मचारी आवश्यक रहेको जनाएको छ । जसका लागि कम्पनीले न्युनतम स्नातक गरेको तथा अन्य बैंक तथा वित्तीय सस्थामा अनुभव गरेको हुनुपर्नेछ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी जेठ १ गते भित्र कम्पनीको इमेल मार्फत आवेदन दिन सकिनेछ ।














