शुक्रबार ७४० जनामा कोरोना संक्रमण,संक्रमित संख्या १५ हजार नाघ्यो
काठमाडौं । शुक्रबार ७४० जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा ४ हजार ४८३ नमुना परीक्षण गर्दा अहिलेसम्मकै सबैभन्दा धेरै संख्यामा संक्रमित भेटिएका हुन् ।
योसँगै देशभर संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा देशभरका अस्पताल तथा आइसोलेसन सेन्टरबाट ८२३ डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । यससँगै डिस्चार्ज हुनेको संख्या ६ हजार १४३ पुगेको छ ।
भने कोरोना भाइरसबाट मुत्यु हुनेको कुल संख्या ३२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।