१९ श्रावण २०८३, मंगलबार

पुरानो पाराले व्यवसायको अर्थ छैन, अब बीमा क्षेत्रमा तेस्रो मर्जर आउँछ: अध्यक्ष सिलवाल



काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले बीमा कम्पनीहरुले पुरानो शैलीको व्यवसायको अर्थ नभएको बताए ।

आइजीआईजनरल र प्रुडेन्सियल इन्स्योरेन्स एक आपसमा गाभिएर बनेको आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको एकीकृत कारोबार शुभारम्भ कार्यक्रममा अध्यक्ष सिलवालले यस्तो बताएका हुन् । सोही अवसरमा अब बीमा कम्पनीमा तेस्रो मर्जर आउने समेत जानकारी गराए ।

उनले भने,– ‘अब बीमा क्षेत्रमा परम्परागत नीति परिवर्तनको आवश्यक छ । नयाँ पोलिसि अलि व्यापक रुपमा आउनुपर्छ । पुरानो पारामा व्यवासयको अर्थ छैन।’

समय अनुसार बीचमा कम्पनीहरुले आफ्नो पोलिसी र व्यावसायमा फरक रुप देखाइ अगाडि बढ्नु अहिलेको आवश्यकता रहेको अध्यक्ष शिलवालको भनाई थियो ।