मंगलबार सुनको भाउ ७ सय रुपैयाँ बढ्यो

काठमाण्डौ – मंगलबार सुनको भाउ तोलामा ७ सय रुपैयाँ बढेको छ ।
७ सय रुपैयाँ बढेसंगै सुनको भाउ आज तोलामा ९० हजार ९ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।
सोमबार सुन तोलामा २ सय रुपैयाँ घटेर ९० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँ बढेर तोलाको ९ सय ५० रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।