मंगलबार २०४ कोरोना संक्रमित थपिए, उपत्यकामा २८ नयाँ संक्रमित
काठमाडौं । मंगलबार देशभर २ सय ४ जनामा कोरोना देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार २ सय ४ जना संक्रमित थपिँदा कुल १६ हजार १ सय ६८ जनामा कोरोनाको संक्रमण देखिएको हो ।
काठमाडौं उपत्यकामा कोरोना संक्रमित २८ जना पुगेका छन । जसमध्ये काठमाडौंका १४ जना, भक्तपुरका ४ जना र ललितपुरका १० जना रहेका छन । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर ६८८ जना घर फर्किएका छन । हालसम्म ७ हजार ४९९ जना कोरोना जितेर डिष्चार्ज भइसकेका छन ।












