कोरोना भाइरसबाट विश्वभरि मृत्यु हुने पाँच लाख ५२ हजार नाघ्यो - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

कोरोना भाइरसबाट विश्वभरि मृत्यु हुने पाँच लाख ५२ हजार नाघ्यो



काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ का कारण विश्वभर पाँच लाख ५२ हजार ११२ जनाको मृत्यु भएको छ ।


अहिलेसम्मको तथ्यांक अनुसार विश्वका १ करोड २१ लाख ७० हजार ५७० जना कोरोना संक्रमित भेटिएका छन् ।


त्यसैगरी ७० लाख ६९ हजार २८३ जनाको उपचारपछि निको भएका छन् ।


अहिले विश्वकै कोरोना प्रभावित मुलुक संयुक्त राज्य अमेरिका भएको छ ।


अमेरिकामा १ लाख ३४ हजार ८६२ जनाको मृत्यु भएको छ भने ३१ लाख ५८ हजार ९३२ जनामा संक्रमित फेला परेका छन् ।


पहिलो पटक कोरोना भाइरस देखिएको चीनमा भने हालसम्म ४ हजार ६ सय ३४ जनाको मृत्यु भएको छ ।

यस्तै, ब्राजिल, भारत, स्पेन, फ्रान्स, बेलायत, इटलीमा मृत्यू हुनेहरुको संख्या प्रत्येक देशमा ३० हजारभन्दा बढी पुगेको छ ।


इटलीमा मृत्यू हुनेको संख्या ३४ हजार भन्दा बढि छ ।


ब्राजिलमा ६८ हजार ०५५, भारतमा २१ हजार १४४, स्पेनमा २८ हजार ३९६, फ्रान्समा २९ हजार ९६५, बेलायतमा ४४ हजार ५१७ जनाको मृत्यु भइसकेको छ ।


विश्वका २१२ मुलुकमा फैलिएको कोरोना संक्रमणका कारण नेपालमा पनि१६ हजार ४२३ जना कोरोना संक्रमित भेटिएको पुष्टि भएको छ भने हालसम्म ३५ को मृत्यु भएको छ ।


प्रतिक्रिया दिनुहोस्