३० श्रावण २०८३, शनिबार

देशमा रोजगारी सिर्जना गर्न उद्योगधन्दाको विकास गर्नुपर्ने: श्रम मन्त्री भण्डारी



काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्ष मन्त्री शरतसिंह भण्डारीले देशको रोजगारी सिर्जना गर्न उद्योगधन्दाको विकास गर्नुपर्ने बताए । बिहीबार काठमाडौंको भृकुटीमण्डपमा ‘नेपाल चेम्बर एक्स्पो २०२३’ को उत्घाटन समारोहमा उनले यस्तो भनेका हुन् ।

सरकारको मूख्य प्राथामिकता उद्योग विकास रहेको भण्डारीले बताए । स्वदेशि तथा स्वदेशि उत्पादन वस्तुमा थप टेवा पुग्ने उनले बताए । नेपालमा के कस्तो अवसरहरु छ र अन्तराष्ट्रिय बजार कस्तो छ भनेर बुझेर सम्बन्धीत निकायमा जान उनले आग्रह गरे ।

यस्तै, नेपाल सरकारका वाणिज्य सचिव मधु कुमार मरासनीले व्यापारिक मेलाले वस्तुको माग र रोजगारी सिर्जनामा सहयोग पुर्याउने बताए । स्वदेशि तथा विदेशि उत्पादन वस्तुको ज्ञान उक्त मेलाबाट सहयोग मिल्ने उनको भनाई रहेको छ ।

काठमाडौंको भृकुटीमण्डपमा आजदेखि ‘नेपाल चेम्बर एक्स्पो २०२३’सुरु भएको छ । आगामी जेठ ८ गते –सोमबार सम्म संचालन हुनेछ । सोही कार्यक्रममा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले भने, निर्यात प्रवद्र्धन, वैदेशिक लगानि आकर्षण र अन्तर्राष्यि आर्थिक संगठन केन्द्रित क्रियाकलापर्भकाले उक्त मेलाको आयोजना गरेको हो ।

छौटौँ संस्करणको रुपमा सञ्चालन हुन लागेको एक्स्पोमा १५० वटा स्टलहरु रहेको र व्यापारिक अन्तरक्रिया, आयत नियातको सूचना आदान प्रदान तथा नेपाली उत्पादनको बजारीकरणमा विशेष जोड दिएको उनले बताए । १५० स्टलहरु रहेको छ । एक्स्पोमा नेपाल लगाएत भारत, पाकिस्तान, बंगलादेश, तथा अन्य मुलुकहरुमा उत्पादित वस्तुहरु रहको मल्लले जानकारी दिएका छन् ।

एक्स्पोमा विभिन्न स्वदेश तथा विदेशमा उत्पादित वस्तुहरु जस्तै, अटोमोबाइल, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक, घरेलु तथा खाद्यन्र, जडीबुटी, फेसन वेयर एण्ड एसेसोजि, गार्मेट, लगाएतका सामाग्रीहरु प्रर्दशनीमा रहेको मल्लले जानकारी दिएका छन । नेपालमा उत्पादन भएको घरेलु सामाग्रीहरु पनि रहेको उनले जानकारी दिएका छन् ।

सोही कार्यक्रममा चेम्बरका अध्यक्ष राजेन्द्र मल्ला, श्रम तथा रोजगार मन्त्री शरतसिंह भण्डारी, वाणिज्य सचिब,मधु कुमार मरासैनि लगाएत अन्य व्याक्तिहरुको उपिस्थित रहेको आयोजकले जानकारी दिएका थिए । उक्त पर्दशनीमा डेढ लाख भन्दा बढी मानिसहरुको अपेक्षा रहेको संचालकले जानकारी दिएका छन् ।