२९ श्रावण २०८३, शुक्रबार

केही समयमै आगामी आवको बजेट प्रस्तुत हुँदै, के भन्छन् महासंघ अध्यक्ष ढकाल ?



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रले आगामी नयाँ बजेटले हाल संकटबाट बाहिर निकाल्ने खालको हुनुपर्ने बताए ।

उनले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा विभिन्न संकटमा रहेको अर्थतन्त्रलाई चलायमान र संकटमुक्त बनाउने अपेक्षा व्यक्त गरे । सरकारले आगामी आवको लागि अब केही बेरमै बजेट प्रस्तुत गर्दैछ । सोही सन्दर्भमा महासंघका अध्यक्ष ढकालले यस्तो बताएका हुन् ।

संसद भवन पुगेका ढकालले भने,–‘बर्तमान संकटलाई बाहिर निकाल्ने खालको बजेट आउनुपर्छ । आन्तरिक उत्पादन र प्रवद्र्धनमा जोडदिनुपर्छ । मलाई लाग्छ, बजेटले समेट्ने नै छ । ’

यसअघि नीतिगत कारणले अर्थतन्त्रमा संकुचन आएको उनको भनाई छ । कोभिड महामारी, युक्रेन–रसियन युद्धले प्रभावित अर्थतन्त्रलाई चलायमान हुने खालेका आउने ढकालको अपेक्षा छ ।

नीतिगत कारण संकुचन आएको थियो । अर्थतन्त्र चलायमान बनाउन पर्यटनलाई समेट्ने पनि विशेष महत्वका साथ बजेटमा आउनुपर्छ’–उनले भने ।

उनले भने,–‘पछिल्लो समय आर्थिक सूचकहरु सकरात्मक देखिएका छन् । बजेटमा राम्रो कुरा आउने गर्छ तर, कार्यान्वयन भने नहुने समस्या छ । आगामी बजेट कार्यान्वयन हुने गरि आउनुपर्छ। बजेटमा निजी क्षेत्रको राम्रो कुरा आउने अपेक्षा छ ।’