बिहीबार १६७ जनामा कोरोना संक्रमण « Arthapath.com
१ श्रावण २०७७, बिहीबार

बिहीबार १६७ जनामा कोरोना संक्रमण



काठमाडौं । बिहीबार नेपालमा १ सय ६७ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा बिहीबार १ सय ६७ जनामा कोरोना देखिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको १७ हजार ३ सय ४४ जना पुगेको छ । बिहीबार २१३ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन ।

नेपालमा हालसम्म डिस्चार्ज हुनेको संख्या ११ हजार २ सय ४९ जना पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । हालसम्म कोरोनाबाट ३९ जनाको मृत्यु भएको छ ।


प्रतिक्रिया दिनुहोस्