इप्पानको नयाँ कार्यसमितिका लागि को-को भिड्दै छन् ?
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को नयाँ कार्यसमितिका लागि अध्यक्षमा २ जनाको उम्मेदवारी परेको छ ।
२५ सदसीय कार्यसमितिको अध्यक्षका लागि गणेश कार्की र किरण मल्लको उम्मेदवारी परेको हो । त्यस्तै, वरिष्ठ उपाध्यक्ष र महासचिवमा पनि २/२ जनाको उम्मेदवारी दर्ता भएको छ ।
वरिष्ठ उपाध्यक्षमा मोहनकुमार डाँगी र सुर्यप्रसाद अधिकारी र महासचिवमा बलराम खतिवडा र विनोद देवकोटाको उम्मेदवारी दिएका छन् । ५ जना उपाध्यक्षका लागि ७ जना भरतबहादुर खत्री, आशिष गर्ग, आनन्द चौधरी, उत्तम भ्लोन लामा, रामप्रसाद आचार्य, विरेन्द्र मल्ल र दिपेन्द्रबहादुर बमको उम्मेदवारी परेको छ ।
उपमहासचिवमा प्रकाशचन्द्र दुलाल र कोषाध्यक्षमा नरेन्द्र बल्लभ पन्तको उम्मेदवारी परेको छ । एकल उम्मेदावारी परे पछि उनीहरुले निर्विरोध निर्वाचित भएका छन् । ५ जना सचिवको लागि ६ जना भरत नेपाल, भरत खड्का, विक्रम विष्ट, कविता पोखरेल, हिम पाठक र नारायण कँडेल रहेका छन् ।
१० जना सदस्यहरूको लागि १७ जना सदस्यहरूमा टेकनाथ आचार्य, विजय मोहन भट्टराई, भरत पराजुली, कुवेरमणी नेपाल, मिथुन पौडेल, शंकर बस्याल, गृष्म ओझा, सकुन्द ओझा, दिपक पौड्याल, उत्तरकुमार श्रेष्ठ, कदम केसी, तारा सुब्बा, विकास कुमार श्रेष्ठ र सीताराम तिमिल्सिनाको उम्मेदवारी दर्ता गरेका छन् ।
३ जना महिला सदस्य ईशा श्रेष्ठ, सुसन कर्माचार्य र सुमन जोशी भने निर्विरोध निर्वाचित भएका हुन् । अब नयाँ कार्य समितिका लागि जेठ ३२ गते निर्वाचन हुनेछ ।













