साउन २५ गतेदेखि सिभिल लघुवित्तले शत प्रतिशत हकप्रद बिक्री गर्ने « Arthapath.com
२३ असार २०८२, सोमबार

साउन २५ गतेदेखि सिभिल लघुवित्तले शत प्रतिशत हकप्रद बिक्री गर्ने




काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको यहि साउन २५ गतेदेखि चुक्ता पूँजीको १०० प्रतिशत हकप्रद शेयर निष्काशन हुर्ने भएको छ ।

लघुवित्तको हकप्रद शेयरको बिक्री प्रबन्धकमा सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेड रहेको छ।

हकप्रदमा सेञ्चुरी क्यापिटल, सिभिल लघुवित्तका सम्पूर्ण शाखा कार्यालय, सेञ्चुरी कमर्सियल बैंकका विराटनगर, पोखरा, नेपालगंज, विरगंज, नारायणघाट, बुटवल, धनगढी र सुर्खेत शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर सफ्टवेयर मार्फत भदौ १४ गतेसम्म आवेदन दिन पाउनेछन्।

नेपाल धितोपत्र बोडले लघुवित्तलाई फागुन १४ गते हकप्रद बिक्रीको अनुमति दिएको थियो।


प्रतिक्रिया दिनुहोस्