भोलीदेखि बिक्री हुने भनिएको माउण्टेन इनर्जीको आइपिओ स्थगित - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

भोलीदेखि बिक्री हुने भनिएको माउण्टेन इनर्जीको आइपिओ स्थगित




काठमाडौं । भोलीदेखि स्थानीयलाई बिक्री गर्न लागेको माउण्टेन इनर्जी नेपालको आइपिओ स्थगित भएको छ ।


केही दिन देखि परेको अविरल वर्षाले देशका अधिकांश स्थानहरुमा बाढीपहिरो गएका कारण प्रभावित भएको ठाउँमा गएर सेवा दिन नसकिने भएकाले आइपिओ स्थगित गरेको बताएके छ ।

कम्पनीले नुवाकोटको तादी गाउँपालिका पन्चकन्या गाँउपालिका र लिखु गाउँपालिका त्यस्तै म्याग्दीका अन्नपूर्ण गाउँपालिकामा आइपिओ बिक्री गर्न लागेको थियो । यी क्षेत्र अति प्रभावित क्षेत्र भएकोे कम्पनीले जनाएको छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित नुवाकोट र म्याग्दी जिल्लाका स्थानीयका लागि एक सय रुपैयाँ अंकित दरमा १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँ बराबरको १९ लाख ६८ हजार २७ कित्ता आइपीओ बिक्री गर्न लागेको थियो ।


आइपियो बिक्री अर्का सुचाना नआएसम्मको लागी स्थगीत भएको छ कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्