बुधबार सुन १ हजार ३ सयले बढ्यो,चाँदीको भाउ पनी हालसम्मकै उच्च - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

बुधबार सुन १ हजार ३ सयले बढ्यो,चाँदीको भाउ पनी हालसम्मकै उच्च




काठमाडौं। बुधबार सुनको भाउ बढेर आजसम्मकै उच्च मूल्यमा पुगेको छ ।


आज सुन एकै दिन तोलामा १ हजार ३ सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो अहिलेसम्मकै उच्च मुल्य हो ।


हिजो सुन तोलाको ९२ हजार ७ सय थियो ।


कोरोना भाइरस महामारीले अन्तर्राष्ट्रिय बजारमा पारेको प्रभावसँगै सुन प्रतितोला एक लाख पुग्न सक्ने व्यवसायीको आकलन गरेका छन ।

त्यस्तै बुधबार चाँदीको भाउ पनि एकैदिन तोलामा ९५ रुपैयाँले बढेर प्रतितोला १ हजार १३५ रुपैयाँ पुगेको छ । यो नेपाली बजारमा चाँदीको हालसम्मकै उच्च भाउ हो।


हिजो मंगलबार पनि चाँदी तोलामा ४० रुपैयाँले बढेर १ हजार ३० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्