बिहीबार थप १४७ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु
काठमाडौं । बिहीबार देशभर थप १ सय ४७ जनामा कोरोना भाइरस संक्रमण भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म १८ हजार २४१ जनामा कोरोना संक्रमण भएको जनाएको छ ।
यस्तै बितेको २४ घण्टामा थप १५६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त रहनेको संख्या १२ हजार ८४० पुगेको छ । त्यसैगरी आज कोरोना संक्रमणबाट वीरगञ्जमा एक जनाको मृत्यु भएको छ ।
यो संगै कोरोनाबाट मुत्यु हुनेको संख्या ४३ पुगेको छ ।













