शुक्रबार १३ सयले बढ्यो सुनको भाउ, हालसम्मकै उच्च « Arthapath.com
९ श्रावण २०७७, शुक्रबार

शुक्रबार १३ सयले बढ्यो सुनको भाउ, हालसम्मकै उच्च



काठमाडौं । शुक्रबार सुन तोलामै १३ सयले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ । साउन ९ गते प्रतितोला १ हजार ३ सयले बढेर ९५ हजार ८ सय पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला ९५ हजार ८०० रुपैयाँ पुगेको छ । यो मुल्य हालसम्मकै उच्च हो । उता तेजाबी सुनको भाउ प्रतितोला ९५ हजार ३६५ रुपैयाँ पुगेको छ ।

त्यस्तै, शुक्रबार चाँदी पनि ५ रुपैयाँले बढेको छ । चाँदी तोलामा ५ रुपैयाँले बढेर १ हजार १५० रुपैयाँ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्