सनराइज बैंकका संचालक दुई गुटमा, फेरी राष्ट्र बैंकको हस्तक्षेप गर्ला ?
काठमाडौं । पछिल्लो समय सनराइज बैंकभित्र संचालकहरुविचको विवाद चुलिँदै आएको छ । बैंक अध्यक्ष मोतिलाल दुगड र उनका भतिजा तथा संचालक मालचन्द दुगडविचको विवाद चुलिएको हो ।
बैंकभित्र व्यक्तिगत लाभहानीको विषयलाई लिएर काका भतिज रहेका मोतिालाल दुगड र मालनन्द दुगडविच विवाद उत्पन्न भएको बैंक स्रोतले बताएको छ । अहिले सनराइज बैंकको संचालकहरु दुई गुटमा विभाजीत भएका छन ।
अध्यक्ष मोतिलाल दुगड केही संस्थापकहरु एकातर्फ लागेका छन भने उनका भतिजा तथा संचालक मालचन्द दुगड र अर्का संचालक शैलेन्द्र गुँरागाईको गुट बनाएका छन ।
बैंकमा १ साताअघिदेखी संचालकहरुविच ठुलो विवाद रहदै आएको छ । सनराइज बैंकको संचालक विवाद यो नै पहिलो भने होइन । यसअघि पनि पटक पटक विवाद हुँदै राष्ट्र बैंककले मिलाउँदै आएको छ ।
संचालक समितिमा विवाद भएपछि गत वर्ष पनि सिईओ नियुक्त भएर पनि निरज श्रेष्ठले हाजिरै नभई छाडेका थिए । ग्लोवल बैंकको सिईओ छाडेका जनक शर्मा पौडेललाई बैंकको सिईओ नियुक्त गरेको थियो । अहिले पनि बैंकको संस्थापन पक्ष सिईओ हटाउन नहुने पक्षमा छ भने अर्को समुह भने राजिनामा गराउने लागेको बुझिएको छ ।
पटक पटक विवाद हुँदै राष्ट्र बैंकको रोहवरमा मिल्दै आएको सनराइज बैंक भित्रको विवाद अहिले पुन बल्झिएको छ । संचालकहरुविच विकाद भएपनि सिईओ जनक शर्मा पौडेल विचमा रहेका छन ।













