शनिबार १०९ जनामा कोरोना पुष्टी, १८ हजार ४८३ पुग्यो

काठमाडौं । शनिबार नेपालमा १०९ जनामा कोरोना भाईरस देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार १ सय ९ जनामा कोरोना पुष्टि भएको हो । हालसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या १८ हजार ४८३ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा १०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।
नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ४५ जना पुगेका छन । पछिल्लो २४ घण्टामा १०६ जना कोरोनालाइ जितेर घर फर्किएका छन । अस्पतालबाट डिस्चार्ज हुनेको जम्मा संख्या १३ हजार ५३ पुगेको छ ।