सहकारी विभागले सहकारी संघ संस्थालाई छुट सुविधा, जारी गर्यो पाँच बुँदे निर्देशन

काठमाडौं । सहकारी विभागले सहकारी संघ संस्थालाई पाँच बुँदे निर्देशन जारी गरेको छ । बिहीबार सहकारी संघ/संस्थाका लागि पाँच बुँदे नयाँ निर्देशन जारी गरेको हो ।
निर्देशनमा आ.व. २०७९/८० को व्याज २०८० श्रावण १५ गतेभित्रमा भुक्तानी प्राप्त भएमा यसै आ.व. को आयको रुपमा गणना गर्ने छुट सुविधा प्रदान गर्ने जनाएकोछ । आर्थिक मन्दी र तरलता अभावका कारण सहकारी क्षेत्र प्रभावित भएपछि विभागले यस्तो सुविधा दिएको हो ।
वित्तीय साक्षरता कार्यक्रम संचालनमा जोड दिँदै संघ/संस्थाको वचत वृद्धि र भाखा नाघेको ऋण असुलीलाई प्रभावकारी बनाउने निर्देशन दिएको छ । ‘कठिन अवस्थालाई मनन् गर्दै सहकारी सङ्घ संस्थाले बचतकर्ता तथा ऋणीसँग संयमित भएर जानुपर्छ’ विज्ञप्तिमार्फत निर्देशन गरेका छन् ।
१- सहकारी संघरसंस्थाले आफ्ना सदस्यहरूसंग नियमित समन्वय र सम्पर्क गर्दै सदस्य केन्द्रित सेवा प्रवाह गरी सदस्यहरूको विश्वास आर्जनमा केन्द्रित हुने ।
२- वित्तीय साक्षरता कार्यक्रम संचालनमा जोड दिँदै संघरसंस्थाको वचत वृद्धि र भाखा नाघेको ऋण असुलीलाई प्रभावकारी बनाउने ।
३- ऋणी सदस्यहरूमा परेको प्रभाव मूल्यांकन गरी सदस्यको मागका आधारमा गत आ।व। मा खराव ऋणीको सूचीमा नपरेका तथा गत आ.व. मा कर्जा पूर्नतालिकीकरणको सुबिधा नलिएका र कर्जाको पाकेको ब्याजको ५० प्रतिशत भुक्तानी गरेमा बाँकी साँवालाई ३ महिनाको अवधिका लागि मात्र पूर्नतालिकीकरणको व्यवस्था गर्न सकिने ।
४- कृषि उत्पादन तथा सेवासंग जोडिएका सहकारी संघरसंस्थाले कृषि उत्पादन वृद्धि, सामुहिक खेती प्रवर्द्धन, सदस्यहरूको उत्पादनको वजारीकरण गरी सदस्यहरूलाई कृषिको व्यवसायिकरण गर्न प्रेरित गर्ने ।
५- यस आ.व. २०७९/८० को व्याज २०८० श्रावण १५ गतेभित्रमा भुक्तानी प्राप्त भएमा यसै आ.व. को आयको रुपमा गणना गर्ने छुट सुविधा प्रदान गर्ने ।
