मंगलबार थप ३११ जनामा कोरोना संक्रमण, काठमाडौंमा मात्रै ४८ जना
काठमाडौं । मंगलबार देशभर थप ३ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ ।
यस्तै १ सय २१ जना निको भएका छन। योसगै देशभर कूल निको हुनेको संख्या १३ हजार ८७५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मंगलबारको नियमित प्रेस ब्रिफिङमा काठमाडौंमा मात्रै ४८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको बताए ।
यस्तै भक्तपुरमा १ र ललितपुरका ४ जनामा पनि संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मंगलबारको नियमित प्रेस ब्रिफिङमा बताए ।













