‘प्रभु महालक्ष्मी’ लाइफको एकीकृत कारोबार सुरु, प्राधिकरणका कार्यकारी निर्देशक पौडेलले गरे उद्घाटन
काठमाडौं । प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको एकीकृत कारोबार सुरु भएको छ । कम्पनीले आजदेखि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको नामबाट एकीकृत कारोबार थालनी गरेको हो ।
कम्पनीको कर्पोरेट कार्यालय काठमाडौं, कमलादी कार्यालयबाट एकीकृत कारोबार शुभारम्भ गरेको हो । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजु रमण पौडेलले एकीकृत कारोबारको शुभारम्भ गरेका हुन् । प्रभु र महालक्ष्मी एक आपसमा गाभिनका लागि गत वर्ष २०७९ को असार ३० गते प्रारम्भिक सहमति भएको थियो ।
यी दुवै कम्पनीबीच मर्जरमा जान गत जेठ ३ गते अन्तिम सहमति भएको थियो । मर्जपछि बन्ने नयाँ कम्पनीको चुक्ता पुँजी ४ अर्ब १९ करोड बढी हुनेछ ।













