२६ श्रावण २०८३, मंगलबार

सिजी इलेक्ट्रिकको ब्रान्ड एम्बेसडरमा सुरक्षा पन्त



काठमाडौं । सिजी इलेक्ट्रिकले ब्रान्ड एम्बेसडरमा सुरक्षा पन्तलाई नियुक्त गरेको छ । चौधरी ग्रुप अन्तर्गत अन्तर्गतको सहायक कम्पनी र विद्युतीय उपकरणमा अग्रणी कम्पनी इओएल प्रालिले चर्चित अभिनेत्री, सिभिल इञ्जिनियर तथा मोडल सुरक्षा पन्तलाई सिजी इलेक्ट्रिकको ब्रान्ड एम्बेसडरमा नियुक्त गरिएको हो ।

सुरक्षा पन्त र कम्पनी बीचको सहकार्यले प्रतिभा र उत्कृष्टताको प्रतीकलाई एकै ठाउँमा ल्याउने, ब्रान्डको उपस्थितिलाई अझ माथि उठाउने र यसको विविध उत्पादनलाई प्रवर्द्धन गर्ने लक्ष्य कम्पनीले राख्यको छ । नवीनता र गुणस्तरप्रति प्रतिबद्धताका लागि परिचित सिजी इलेक्ट्रिकले सुरक्षा पन्तलाई आफ्नो ब्रान्डको प्रतिनिधित्व गर्न रोजेको छ । सुरक्षाको आकर्षण, बहुमुखी प्रतिभा र प्रभावशाली व्यक्तित्वले उपभोक्ताहरूलाई अत्याधुनिक सामानहरू उपलब्ध गराउन र सहज सेवा प्रदान गर्न सिजी इलेक्ट्रिकको दृष्टिकोणसँग पूर्ण रूपमा मिल्दोजुल्दो रहेको छ ।

सुरक्षा पन्त तीन प्रमुख खण्डहरूमा सिजी इलेक्ट्रिकको अनुहार हुनेछन्ः चिम्नी, सोलार हिटर र इलेक्ट्रिक उपकरणहरू सि.जी. इलेक्ट्रिकसँगको उनको सहकार्यले ब्रान्डको विशेषज्ञता र सम्बन्धित कोटीहरूमा असाधारण उत्पादनहरू उपलब्ध गराउने प्रतिबद्धतालाई प्रदर्शन गर्नेछ ।

सुरक्षा पन्त र सिजी इलेक्ट्रिक दुबैले उत्कृष्टता, निष्ठा र ग्राहक सन्तुष्टिको साझा दृष्टिकोण राख्दछन् । यस सहकार्यले ब्रान्ड इक्विटी र उपभोक्ताहरू माझ पहुँच बढाउने शक्तिशाली सिनर्जी सिर्जना गर्ने अपेक्षा गरिएको छ । सिजीका उपाध्यक्ष एससी साबूले भने,“हामी सुरक्षासँग हाम्रो ब्रान्ड एम्बेसडरको रूपमा आबद्ध हुन पाउँदा खुसी छौं । उनको अनुग्रह, प्रामाणिकता र उनको कामप्रतिको समर्पण हाम्रो सिजी इलेक्ट्रिक ब्रान्डको मार्गदर्शनसँग स्पष्ट रूपमा मिल्छ । हामी विश्वस्त छौं कि हाम्रो ब्रान्डसँगको उनको सहकार्यले हाम्रो ब्रान्डलाई अर्को स्तरमा पु¥याउनेछ र यसलाई हाम्रा उपभोक्ताहरू बीच एक विश्वसनीय ब्रान्डको रूपमा स्थान दिनेछ ।”

सुरक्षा पन्तले साझेदारीको बारेमा आफ्नो उत्साह व्यक्त गर्दै भनिन्, “उत्कृष्टता प्रतिको प्रतिबद्धताका लागि परिचित ब्रान्ड सिजी इलेक्ट्रिकसँग आबद्ध हुन पाउँदा म सम्मानित छु । चिम्नी, सोलार र इलेक्ट्रिक उत्पादनको प्रतिनिधित्व गर्न पाउँदा म उत्साहित छु । सिजी इलेक्ट्रिकले नवीन र उच्च गुणस्तरका उत्पादनहरू प्रस्तुत गर्दछ, र म यी क्षेत्रहरूमा सिजी इलेक्ट्रिकको यात्राको हिस्सा हुन पाउँदा खुसी छु ।”

सुरक्षा पन्त र सिजी इलेक्ट्रिक बीचको सहकार्यले ग्राहकहरूलाई उत्प्रेरित गर्न र विद्युतीय उपकरण र नवीकरणीय ऊर्जा क्षेत्रमा बजारमा ब्रान्डको स्थिति बलियो बनाउन साथै असाधारण उत्पादनहरू प्रदान गरेर दिगो प्रभाव सिर्जना गर्ने लक्ष्य राख्दै उपभोक्ताहरूको जीवनलाई सहज बनाउँदछ ।