नेपालमा थप एक जनाको कोरोनाबाट मुत्यु,मृत्यु हुनेको संख्या ५६ पुग्यो
काठमाडौं । नेपालमा थप एक जनाको कोरोनाबाट मुत्यु भएको छ ।
ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत ६५ वर्षीया कोरोना संक्रमित महिलाका आज बिहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा।खगेश्वर गेलाले जानकारी दिए ।
ललितपुर थसिखेल बस्ने ति महिलालाई साउन ६ गते अस्पताल भर्ना गरीएको थियो । स्टार अस्पतालमा कोरोना संक्रमण पुष्टि भएपछि पाटन अस्पताल सारिएको थियो ।
उनी हालै वीरगञ्जबाट आएकी थिइन ।
योसँगै नेपालमा कोरोना भाइरस कोभिड १९ बाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।