प्रभु क्यापिटलद्धारा ‘लोयल्टी र रेफरल टिकटक प्रतियोगिता’ संचालनमा
काठमाडौं । प्रभु क्यापिटलले लोयल्टी र रेफरल टिकटक प्रतियोगिता संचालनमा ल्याएको छ । मर्चेन्ट बैंकर प्रभु क्यापिटल लिमिटेडले आफ्नो सेवाग्राहीका लागि सेवा संगै लोयल्टी पोइन्ट्स अफर साथै रेफरल योजना लन्च गरेको हो ।
यसै परिप्रेक्ष्यमा प्रभु क्यापिटल लिमिटेडले “प्रभु क्यापिटल लोयल्टी एण्ड रेफरल टिकटक प्रतियोगिता” संचालनमा ल्याएको हो । यो योजना श्रावण मसान्त सम्म संचालन हुने भएको छ । यस टिकटक प्रतियोगिता अन्तर्गत सहभागीहरुले प्रभु क्यापिटल लिमिटेडको टिकटक अकाउनटमा राखिएको जंगलको ओरजिनल आवाजमा टिकटक बनाई Hashtag #prabhuloyaltyandreferal राखी पोस्ट गर्नुपर्ने कम्पनीले जानकारी दिएको छ । सबै भन्दा धेरै लाइकको आधारमा विजेता छनौट गरिने र विजेताले १० हजार रुपैयाँ जित्न सकिने क्यापिटलले जनाएको ।
प्रभु क्यापिटलले नेपाली पूँजीबजारको क्षेत्रमा सदैव नयाँ नयाँ प्रविधिको विकास गरी नवप्रवर्तनमा जोड दिनेगरेको तथा ग्राहकहरुलाई दिने सेवामा सहजीकरण गर्दै आएको छ ।













