एनआइसी एशिया क्यापिटलद्धारा ४६ प्रतिशत लाभांश घोषणा, साउन ३२ गते बोलायो साधारण सभा
काठमाडौं । एनआइसी एशिया क्यापिटलले सातौं वार्षिक साधारण सभा साउन ३२ गतेका लागि आव्हान गरेको छ । कम्पनीको साउन ९ गते बसेको संचालक समितिको बैठकले कम्पनीको रजिष्टर्ड कार्यालय थापाथली काठमाडौंमा बिहान ९ बजे बस्ने गरी बोलाएको हो ।
क्यापिटलको संचालक समितिको बैठकले हाल कायम चुक्ता पूँजी ४६ प्रतिशत (कर सहित) का दरले ९ करोड २० लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
सभाले संचालक समितिको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहित २०८० असारसम्मको वासलात र आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण प्रस्ताव पारित गर्ने एजेण्डा समेत रहेको छ ।














