२५ श्रावण २०८३, सोमबार

साउन ३१ गते बोलायो समाज लघुवित्तले साधारण सभा, लाभांश पारित मुख्य एजेण्डा



काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा साउन ३१ गतेका लागि बोलाएको छ । कम्पनीले आर्थिक वर्ष २०७८।०७९ को वार्षिक साधारण सभा जानकी फेमिलि होटल एन्ड पार्टी प्यालेस, मलंगवा सर्लाहिमा बिहान ११ः३० बजे बस्ने गरी आव्हान गरेको हो ।

सभामा हाल कायम २ करोड रुपैयाँ चुक्ता पुँजीमा १४.२५ प्रतिशत बोनस र ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ

साथै, अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्नुपरेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव समेत सभाको कार्य सूचीमा समावेश गरीएको छ । साधारण सभा प्रयोजनका लागि साउन २१ गते बुक क्लोज गरेको हुदाँ साउन २० गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।