क्रेष्ट माइक्रो लाइफले आजदेखि थाल्यो व्यवसायिक कारोबार
काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले आजदेखि औपचारिक रुपमा व्यवसायिक कारोबार थालनी गरेको छ ।
कम्पनी कणाली प्रदेशको विरेन्द्रनगर सुर्खेत केन्द्रीय कार्यालय रहने गरि कारोबार आरम्भ गरेको हो । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजु रमण पौडेलद्वारा सो कम्पनीको व्यवसायिक कारोबारको उद्घाटन गरिएको हो । उद्घाटनपछि निर्देशक पौडेलले लक्षित वर्गसम्म बीमा पहुँच पुग्ने गरि काम गर्न आग्रह गरे ।
क्रेष्टसंगै नेपाल लघुबीमा कम्पनीको संख्या तीन पुगेको छ । यस अघि नेपाल माइक्रो इन्स्योरेन्स र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले कारोबार थालिसकेका छन् ।
बिहीबार (साउन ११ गते) देखि नै प्रोटेक्टिभ माइक्रोइन्स्योरेन्स कम्पनीले पनि व्यवसायिक कारोबार थालनी गर्न लागेको छ । प्रोटेक्टिभ माइक्रो सुदुरपश्चिम प्रदेशको धनगढीमा मुख्य कार्यालय रहेने गरि व्यवसायिक कारोबार थालनी गर्न लागेको हो ।













