कोरोना जोखिम बढेपछि उपत्यकामा पुन जोर विजोर लागु गर्ने सरकारको तयारी - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

कोरोना जोखिम बढेपछि उपत्यकामा पुन जोर विजोर लागु गर्ने सरकारको तयारी



काठमाडौं । करोना जोखिम बढेपछि सरकारले फेरी जोरविजोर प्रणाली लागु गर्ने तयारी गरेको छ।


काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमण फैलन नदिन फेरि जोर विजोर प्रणाली लागू गर्न लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले बताए ।


अब बाहिरि जिल्लाबाट उपत्यका भित्र आउने व्यक्तिलाई क्वारेन्टिनमा राख्ने, जोर बिजोर प्रणालीबाट सवारी साधन सञ्चालन गर्न दिने र पीसीआर टेस्टको दायरालाई बढाउने बताए ।


लकडाउन खुकुलो भएपछि काठमाडौमा यसले भयाबह रुप लिन सक्ने उनले बताएका छन ।


सरकारले लकडाउन खुकुलो बनाएपछि मानिसहरुको चहलपहल बढेको र संक्रमण देखिएका ठाउँबाट समेत मानिसहरु काठमाडौंमा आउँदा जोखिम बढ्न थालेको छ ।


प्रतिक्रिया दिनुहोस्