लघुवित्तको ठगिमा पर्नुभयो ? यी नम्बरमा गर्नुहोस् सम्पर्क
काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त सम्बन्धी गुनासो सुनुवाइका लागि डेस्क स्थापना गरेको छ । केन्द्रिय बैंकले एक सूचना प्रकाशित गर्दै उक्त जानकारी दिएको हो ।
लघुवित्त वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकले जारी गरेका निर्देशनको पालना नगरेको, तोकेभन्दा बढी व्याजदर वा अन्य शुल्क लिएको, गैरकानुनी ढङ्गमा सम्पत्ति लिलामी गरेको, उद्यम व्यवसाय गर्न असहयोग गरेको लगायतको गुनासोको सम्बोधन गर्ने उक्त डेस्क स्थापना हुने जनाएको छ ।
जसका लागि पैसा नलाग्ने टोल फ्री नम्बर १८१०५००००२२, अनलाइन, इमेल मार्फत निवेदन दिन सकिनेछ ।














