१ कार्तिक २०८३, आइतबार

जोन्टा क्लब काठमाडौंद्वारा घरेलु हिंसा विरुद्ध डिजिटल प्यानल सेशन आयोजना



काठमाडौं । जोन्टा क्लब काठमाडौंले विशेष गरी लकडाउन पछि महिला विरुद्ध हुने घरेलु हिंसाको बढ्दो घटनाहरुको प्रतिकृयाको रुपमा “बन्द ढोका पछाडीः कोभिड—१९ को समयमा घरेलु हिंसाको सत्यता” शिर्षकमा डिजिटल प्यानल सेशनको आयोजना गरेको छ ।


यस सेशनको उद्देश्य लकडाउनको दौरान महिला विरुद्ध हुने हिंसाको बढ्दो घटनाको समाधान खोज्ने र जागरुकता ल्याउने रहेको थियो ।


नेपाल सरकारले कोभिड—१९ को फैलावटलाई कम गर्न चैत १०, २०७६ बाट देशव्यापी लकडाउन लागू गरेको थियो ।

यससंगै, महिला र केटीहरु विरुद्ध हुने हिंसा विशेष गरी घरेलु हिंसाका घटनाहरु ४०५ ले वृद्धि भएका छन् ।


घरभित्र बस्नु भाइरसको जोखिमबाट बच्ने उपायको रुपमा मानिएको छ, महिलाहरु आफ्नो घरभित्र अपराधीहरुसंग फसेका छन् र उनीहरुसंग सुरक्षाको पहुँच छैन ।

त्यस्तै बढ्दो मानसिक स्वास्थ्यका मुद्दा र आत्महत्या पनि अत्यन्त चिन्ताको विषय हो ।


बन्दना राणा, यूएनको महिला विरुद्ध हुने सबै प्रकारको विभेद अन्मूलन महासन्धि समितिकी उपाध्यक्ष तथा यस प्यानलकी एक वक्ताले टिप्पणी गर्नुभयो, “कोभिड—१९ महामारीले विश्वव्यापी रुपमा विनाश ल्याएको छ र साथै अर्को प्रकारको संकट ल्याएको छ जसलाई यूएनले “छाँया महामारी” घोषणा गरेको छ ।