बुधबार सुनको भाउ तोलाकाे एक लाख नाघ्यो

काठमाण्डौ – बुधबार सुनको भाउ तोलाको एक लाख रुपैयाँ नाघेको छ ।
आज एकैदिन तोलामा १६ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको एक लाख एक हजार ४ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तैै लगातार २ दिन स्थिर रहेको चाँदीको भाउ आज तोलामा ६५ रुपैयाँ बढेको छ ।
चाँदी आज तोलाको १२ सय ९५ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ