मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई शुक्र हाउस अफ डाएगनोस्टीकस् एण्ड वेलनेस सेन्टरमा विशेष छुट
काठमाडौं । मुक्तिनाथ विकास बैंक र काठमाडौंको पानीपोखरीमा रहेको “शुक्र हाउस अफ डाएगनोस्टीकस् एण्ड वेलनेस सेन्टर”बीच सम्झौता भएको छ ।
बैंककाले आफ्नो भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिने उदेश्यले डाएगनोस्टीकस् एण्ड वेलनेस सेन्टरसँग छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता भएको हो ।
बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले शुक्र हाउस अफ डाएगनोस्टीकस् एण्ड वेलनेस सेन्टरका विभिन्न सेवाहरुमा विशेष १५ प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् । साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिषा नेर्टोकमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
त्यसै गरी प्रिपेड डलर कार्ड , मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।













