२५ श्रावण २०८३, सोमबार

कामना सेवा विकासका ग्राहकलाई चिल्ली बार, हिमालयन ग्लोरी र हिमालयन गेस्ट हाउसमा आकर्षक छुट



काठमाडौं । कामना सेवा विकास बैंकमा आवद्ध ग्राहकले थप तीन वटा होटल तथा रेष्टुरेन्टमा आकर्षक छुट पाउने भएका छन् ।

बैंकका ग्राहकचिल्ली बार एण्ड रेस्टुरेन्ट, हिमालयन ग्लोरी इन र हिमालयन गेस्ट हाउसमा १५ प्रतिशतसम्म छुट पाउने भएका हुन् ।बुधवार कामना सेवा, चिल्ली वार, हिमालयन ग्लोरी र हिमालयन गेस्ट हाउसबीच मर्चेन्ट सम्झौता भएको हो ।

सोही सम्झौता अनुसार बैंकमा आवद्ध ग्राहकले पोखरा–६ लेकसाइड स्थित चिल्ला बार एण्ड रेस्टुरेन्टले प्रदान गर्ने सेवामा १२ प्रतिशतसम्म छुट पाउने छन् ।

यस्तै, हिमालयन ग्लोरी इन र हिमालयन गेस्ट हाउसमा भने भने १५ प्रतिशतसम्मको आकर्षक छुट पाउने भएका हुन् । बैंकसंग आवद्धता प्रमाणको आधारमा ति सुविधा सहजै प्राप्त गर्न सकिने बताइएको छ । सो सम्झौताबाट बैंकसं आवद्ध सम्पूर्ण ग्राहकले विशेष लाभ लिने बैंकको विश्वास छ ।