गोर्खाज फाइनान्सको मुनाफा १५ करोड ६७ लाख माथि, अधिकांश सूचकमा उत्कृष्ट सुधार, इपिएस कति ?

काठमाडौं । गोर्खाज फाइनान्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको १५ करोड ६७ लाख ६१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनी ३५ करोड रुपैयाँ नोक्सानीमा रहेको थियो ।
फाइनान्सले ७ अर्ब ७२ करोड निक्षेप संकलन गरेर ५ अर्ब ४९ करोड कर्जा विस्तार गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ७ अर्ब ५४ करोड निक्षेप संकलन गरेर ५ अर्ब ३९ करोड कर्जा विस्तार गरेको थियो ।
यस वधिमा फाइनान्सको फाइनान्सले खुद व्याज आम्दानी ३६ करोड ६१ लाख रहेको छ । जुन अघिल्लो आर्थिक वर्षको भन्दा ९९.६९ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी १८ करोड ३३ लाख रहेको थियो ।
त्यसैगरी, संचालन मुनाफा २९ करोड ३८ लाख रहेको छ भने अघिल्लो आर्थिक वर्षको सोही अवधिमा २७ करोड १६ लाख घाटामा रहेको थियो ।
समिक्षा अवधिमा कम्पनीको वितरण योग्य नाफा ४३ करोड ३५ लाख ऋणात्मक, चुक्तापुँजी ८६ करोड ७९ लाख, जगेडा कोषमा ९९ करोड ८३ लाख, संचित नाफा ४३ करोड ३५ लाख ऋणात्मक रहेको छ ।
फाइनान्सको निष्कृय कर्जा अनुपात १०.४७ प्रतिशत, प्रतिसेयर आम्दानी १८.०६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १६७ रुपैयाँ २१ पैसा रहेको छ ।