७ श्रावण २०८३, बिहिबार

अन्तिम दिनसम्म रिलायबल नेपालको आइपीओमा साढे चार अर्ब रुपैयाँ संकलन, कतिले दिए आवेदन ?



काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियममा मूल्यमा सर्वसाधारणको लागि निष्काशन गरेको आइपीओमा अन्तिम दिनसम्म १४ लाख ७७ हजार ८७७ जनाले आवेदन दिएका छन् । सिडिएसका अनुसार आज अर्थात साउन २६ गते साँझ ५:०६ बजेसम्म ४ अर्ब ४९ करोड ३९ लाख ७३ हजार ९६० रुपैयाँमा १ करोड ७४ लाख ८६ हजार २८० कित्ताको लागि आवेदन दिएका हुन् ।

कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिसेयर २५७ रुपैयाँमा सेयर निष्काशन गरेको हो । कम्पनीले आफ्नो जारी पूँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता सेयर निष्काशन तथा बिक्री खुला गर्न लागेको हो । सोमध्ये १० प्रतिशत अर्थात १२ लाख कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन गरि बाँडफाँट गरिसकेको छ ।

त्यसैगरी, कुल सेयरको ५ प्रतिशत अर्थात ६ लाख कित्ता सेयर सामूहिक लगानी कोष र ५ प्रतिशत अर्थात ६ लाख कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि (प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँका दरले) छुट्याइएको छ । सर्वसाधारणले भने बाँकी रहेको ९६ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको आइपीओमा न्युनतम १० कित्ता र अधिकतम ५ हजार ४०० कित्ताका लागि आवेदन दिन सकिनेछ । १० कित्ता सेयर भर्नका लागि २ हजार ५७० रुपैयाँ चाहिनेछ ।

कम्पनीको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले इन्स्योरेन्सको क्रेडिट जोखिम बहन गर्ने क्षमता मध्यमस्तरको रहेको संकेत गर्दछ ।


प्रतिक्रिया दिनुहोस्