ग्लोकल टीन हिरो नेपालका अन्डर २०को सूची सार्वजनिक - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

ग्लोकल टीन हिरो नेपालका अन्डर २०को सूची सार्वजनिक



काठमाडौं । ग्लोकल टीन हिरो नेपाल नवौं संस्करणनमा आवेदन दिने प्रतिभावान किशोरकिशोरीबाट आज उत्कृष्ट २० घोषणा गरिएको छ ।

ग्लोकल टीन हिरो किशोरकिशोरीहरूलाई समर्पित एउटा अवार्ड कार्यक्रम हो । यो किशोरकिशोरीहरूलाई पहिचान गर्ने र उनीहरुको प्रभावकारी काम र युवा अग्रगामीहरूलाई प्रोत्साहन गर्ने एउटा पहल हो । समाजमा रहेका प्रतिभाशाली किशोर किशोरीहरूको पहिचान र सम्मान गर्नु नै यस कार्यक्रमको उद्देश्य रहेको छ ।

देशभरिबाट आएको ६८१ आवेदनबाट मूल्याङ्कनको सम्पूर्ण प्रक्रिया मार्फत २०२३ का लागि उनीहरूले उपलब्ध गराएको जानकारी, प्रभावकारी कार्य विवरणहरू र अन्तर्वार्ताको आधारमा ग्लोकल २० अन्डर २० चयन गरिएको छ । २० अन्डर २० किशोरकिशोरीहरुले संगीतकार, विज्ञान उत्साही, सामाजिक उद्यमी, स्वास्थ्य कार्यकर्ता, विज्ञान उत्साही, बाल अधिकारकर्मी, लेखक जस्ता विविध क्षेत्रमा काम गरेर सकारात्मक सन्देश प्रवाह गरिरहेका छन् । देश भरिका प्रतिभावान किशोर किशोरीहरुलाई एकै साथ ल्याउन हामीसँग बिभिन्न सँघसंस्थाहरु साझेदारका रुपमा जोडीनुभएको छ ।

ग्लोकल प्रालिले शीर्षक साझेदारको रूपमा गोल्छा गु्रप सँग साझेदारी गरेको छस रणनीतिक साझेदारको रूपमा युएनएचसिआर, भारतीय दूतावास, बि पी कोइराला इंडिया– नेपाल फाउन्डेसन्, भारतीय दूतावास, संघीय गणतन्त्र जर्मनीको दूतावासस पार्ट्नरका रुपमा होन्डा, कोका कोला, नेपाल टेलिकम, डब्ल्यूडब्ल्यूएफ नेपाल, टोयोटा, द् ब्रिटिश कलेज, पंचकन्या गु्रप, डिशहोम गो, काठमाडौं वर्ल्ड स्कूल र रियल् जुसस बैंकिङ साझेदारमा नबिल बैंकस आधिकारिक होटल साझेदारको रूपमा द् सोल्टी काठमाडौस इन्टरनेट साझेदारको रूपमा वोर्ल्डलिंकस आतिथ्य पार्टनरमा सिद्धार्थ बिजनेश गु्रप अफ हसपीट्यालीटी र कोजी होमस एयरलाइन्स पार्टनरको रूपमा नेपाल एयरलाइन्स, क्याथे प्यासिफिक एयरवेज र एति एयरलाइन्सस शिक्षा पार्ट्नरमा किङ्स कलेजस पी आर साझेदारमा प्रिस्मा एडभरटाईजिंगस चिकित्सा पार्ट्नरमा डाक्टर अन कलस समर्थकमा भ्यू योर् चोइस रहेका छन् ।

साथै उत्कृष्ट ६ को घोषणा अगस्ट २१ तारिकमा हुने छ। चयन भएका युवाहरुको सम्मान ग्लोकल टिन हिरो २०२३ को सेप्टेम्बर १, २०२३ मा हुने अवार्ड महोत्सब र सम्मेलन मार्फत हुने छ ।


प्रतिक्रिया दिनुहोस्