५ वर्ष पुरानो लाभांश लिन लुम्बिनी विकास बैंकको आग्रह
काठमाडौं । लुम्बिनी विकास बैंककले ५ वर्ष पुरानो लाभांश लिन सेयरधनीलाई आग्रह गरेको छ । कम्पनीले साविक वीरगंज फाइनान्स, एच एण्ड वि डेभलपमेन्ट बैंक र लुम्बिनी फाइनान्स एण्ड लिजिङ्ग कम्पनी लिमिटेडलाई विभिन्न साधारण सभाबाट पारित भएको पुरानो लाभांश लिन आग्रह गरेको हो ।
उक्त सेरधनीहरुलाई कम्पनीले आफ्नो परिचय खुल्ने प्रमाण सहित लिन वाँकी लाभांश रकम सूचना प्रकाशन भएके ३० दिनभित्र बैंकको केन्द्रीय कार्यालय डिल्लीबजार, काठमाडौंमा लिनको लागि बैंकले आग्रह गरेको छ । लाभांश लिन वाँकी सेयरधनीहरुको विवरण बैंकको वेबसाइट www.lumbinibikashbank.com मार्फत unclaimed dividend शीर्षकमा रहेको बैंकले जानकारी दिएको छ ।
साथै, उक्त समय भित्र लाभांश लिन नआएमा कम्पनीको ऐन २०६६ को दफा १८३ (६) को निर्देशनात्मक व्यावस्था बमोजिम उल्लेखत लाभांश रकम लगानीकर्ता संरक्षण कोषमा पठाइने कुरा बैंककले एक सूचना मार्फत जानकारी दिएको छ ।














