सिटिजन्स बैंकका ग्राहकहरूलाई हार्ड रक क्याफेमा १५ प्रतिशतसम्म छुट « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

सिटिजन्स बैंकका ग्राहकहरूलाई हार्ड रक क्याफेमा १५ प्रतिशतसम्म छुट



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र दरबारमार्गस्थित हार्ड रक क्याफेबीच सम्झौता भएको छ । बैंकका ग्राहकहरूलाई हार्ड रक क्याफमा विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूले हार्ड रक क्याफेमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्