संसद् भण्डारी र मह जोडीको संरक्षणमा ‘जलन कोष’ स्थापना, कृषि विकास बैङ्कको खातामा रकम जम्मा गर्न सकिने « Arthapath.com
६ असार २०८३, शनिबार

संसद् भण्डारी र मह जोडीको संरक्षणमा ‘जलन कोष’ स्थापना, कृषि विकास बैङ्कको खातामा रकम जम्मा गर्न सकिने



काठमाडौँ । कीर्तिपुर अस्पताल, कीर्तिपुर नगरपालिका र जनस्वास्थ्य सरोकार ट्रस्ट नेपालको सहकार्यमा जलन कोष स्थापना गरिएको छ । विशेषगरि जलनका विपन्न बिरामीलाई लक्षित गरी सो कोषको स्थापना गरिएको हो । 

संसद् डा. चन्द भण्डारी, वरिष्ठ हास्य कलाकार द्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको संरक्षणत्व रहने गरी जलन कोषको स्थापना गरिएको हो ।  आइतबार सो कोषको औपचारिक शुभारम्भ गरिएको छ । 

कृषि विकास बैङ्कमा रहेको ‘बर्न फन्ड फेक्ट नेपाल’को खाता नम्बर ०२१११०५३२७५९१०२१ मा प्रत्यक्ष तथा अनलाइन माध्यमबाट रकम जम्मा गर्न सकिनेछ । नेपाल भित्रका विभिन्न बैङ्क तथा वित्तीय संस्थाहरूमा मोबाइल बैंकिङ्ग/डिजिटल वालेटहरूबाट क्युआर गरी तथा स्विफ्ट, भिजा डाइरेक्ट, युनियन मनि ट्रान्सफर, मनि ग्राम लगायतका रेमिट एजेन्सीबाट  रकम जम्मा गर्न सकिने बताइएको छ । 

यसका साथै कृषि विकास बैङ्कको  मोबाइल तथा इन्टरनेट बैङ्किङको डोनेसन फर बर्न फन्ड मेनुबाट समेत रकम जम्मा गर्न सकिने व्यवस्था रहेको अस्पतालले जनाएको छ । 

कीर्तिपुर अस्पतालको सामाजिक सेवा इकाईको सिफारिस अनुसार आर्थिक विपन्न र असहाय जलनका बिरामीहरूको गुणस्तरीय उपचारमा यस कोषले अन्तरगतको रकम प्रयोग गरेर उपचार गर्न सकिने अस्पतालले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्