क–कसले बेच्दैछ हिमालयन बैंकमा रहेको १५ लाख ४० हजार कित्ता संस्थापक सेयर ? « Arthapath.com
२४ असार २०८२, मंगलबार

क–कसले बेच्दैछ हिमालयन बैंकमा रहेको १५ लाख ४० हजार कित्ता संस्थापक सेयर ?



काठमाडौं । हिमालयन बैंकले संस्थापक सेयर बिक्री गर्न लागेको छ । बैंकले आफ्ना संस्थापक सेयरधनीहरुको नाममा रहेको करिव साढे १५ लाख कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।

बैंकले संस्थापक प्रभा गोयन्का भीमसरीयाको नाममा रहेको १४ लाख ५१ हजार १८४ कित्ता, जस्मिन तन्डुकारको ५२ हजार ९१० कित्ता र प्रदिप कुमार विडारीको नाममा रहेको ३५ हजार ९८० कित्ता संस्थापक सेयर बिक्री गर्न लागेका हुन् ।

सो सेयर खरिदका लागि बैंकका हाल कायम संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । आवेदन आजैका मितिले (भदौ ६ गते) ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय कमलादीको सेयर विभागमा आईपुग्ने गरि दिनुपर्नेछ ।

संस्थापक सेयरको बिक्री मूल्य भने बिक्रेता अनुसार फरक फरक रहेकाले सो सम्वन्धी जानकारीका लागि केन्द्रीय कार्यालयमा सम्पर्क गर्न सकिनेछ ।

तोकिएको सो अवधिमा बैंकका संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा प्रचलित कानुन बमोजिम अन्य व्यक्ति संघसंस्थालाई बिक्री गरिने सूचनामा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस्