उपत्यकामा थप १३४ जनामा कोरोना पुष्टि
काठमाडौं । मंगलवार काठमाडौं उपत्यकामा १३४ जनामा कोरोना देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा १३४ जनामा कोरोना पुष्टि भएको बताएका हुन् ।
संक्रमितहरु काठमाडौंको ११०, ललितपुरको ८ र भक्तपुरको १६ जना रहेको गौतमले बताए ।