साताको बजारः लाभांश सिजनमा समेत बेखुसी लगानीकर्ता, अब कस्तो बाटो तय गर्ला ? « Arthapath.com
५ असार २०८२, बिहीबार

साताको बजारः लाभांश सिजनमा समेत बेखुसी लगानीकर्ता, अब कस्तो बाटो तय गर्ला ?



काठमाडौं । यो साता पनि लगानीकर्ताको लागि सेयर बजार निराशजनक नै भएको छ । गत साताको १९.०२ अकंले घटेको बजारले यस साताका पनि सोहि निरन्तरता दिएको छ । बजार यो साता २३.३२ अकंले घटेर १९९०.५९ बिन्दुमा बन्द भएको छ ।

बिहिबार सार्वजनिक बिदा भए पश्चात चार तीन मात्र खुलेको बजारमा तीन दिन राताम्य हुदाँ एक दिन मात्र सामान्य सुधार देखियो । बजार केहि झिनो अकंले तल माथि हुदाँ कारोबार रकम भने निरन्तर खुम्चि रहेको छ । यो साता ४ अर्ब २४ करोड ६५ लाख २४ हजार ९३२ रुपैयाँ मात्र कारोबार भएको छ । गत साता ७ अर्ब २५ करोड २६ लाख ९८३ रुपैयाँको कारोबार भएको थियो ।

राष्ट्र बैंक र सरकारका केहि नीतिगत अवरोध र चर्को बैंक ब्याजदरका कारण बजार प्रभावित हुँदै आएको छ । अहिले लाभांश सिजन सुरु भइसकेको छ । बजारमा अधिकांश फण्डहरु र केहि एक बैंकहरुले लाभांश घोषणा गरी सकेका छन् । बुधबारमात्रै माछापुच्छ्रे बैंकले लाभांश घोषणा गरेको छ । अब सूचीकृत कम्पनीहरुले लाभांश दिने क्रम सुरुवात भइसकेको छ । समग्रमा अबको केही समय सेयर बजारका लागि लाभांशकै अवधि हुनेछ ।

लाभांश सिजन मै लगानीकर्ताको मनोबल कमजोर बन्न पुगेको छ । बजार सुधारमा ल्याउनको लागि प्रमुख दायित्व लगानीकर्ताको मनोबलको हुन्छ । अहिले नियामकले लगानीकर्ताको मनोबल उच्च बनाउन कुनै कदम समेत चालेको पाइदैन । केहि लगानीकर्तालाई असर गर्ने नीतिहरुमा नियामकले तत्काल मनोबल उच्च बनाउने कदम अगाडि नबढाउने हो भने बजारमा अर्बो रकम गुुम्ने खतरा भएको जानकारहरु बताउछन् ।

बजार यो साता करिब एउटै रेखामा घुमिरहेको देखिन्छ । सूचक एउटै रेखमा घुमि रहदाँ कारोबार रकम भने निरन्तर खुम्चि रहेको छ । केहि साता अघि मात्र ४।५ अर्ब पुगि रहेको कारोबार यो साताका केहि कारोबारको दिन भने १ अर्ब समेत पुग्न सकेन ।

अहिले बजारलाई नयाँ आयम दिनको लागि नयाँ ब्रोकर थपिएका छन् । लगानीकर्ताले लामो समय देखि उठाउदै आएको माग सम्बोधनले उत्साह छाएको छ । नयाँ ब्रोकरले पुराना ब्रोकरसंग प्रतिस्पर्धा गर्ने नयाँ ग्राहक खोजि रहेका छन् । दीर्घकालमा यसले बजारलाइ विस्तारै माथितिरै लैजान सहयोग गर्ने एक लगानीकर्ताले बताए । उनले भने बजार प्रतिस्पर्धी बनाउन ब्रोकरहरुले उपत्यका बाहिर समेत शाखा खोलि रहेका छन् । तत्काल बजारमा रौनकता नदेखिए पनि दीर्घकालिन रुपमा सकरात्मक नै हुन्छ ।

जोखिमभार बढी हुँदा बैंकहरुको ध्यान सेयर कर्जा प्रवाह गर्नतर्फ आकर्षित गर्न सकिंदैन । यस्तो कर्जामा ब्याजदर पनि महँगो पर्न जान्छ । त्यस कारण जोखिम भार घट्नु पर्ने लगानीकर्ताको माग रहेको छ । अहिले लगानीकर्ताले सबल वित्तीय सूचक भएका कम्पनीहरुमा लाभांशसमेत हात पार्ने बेला हो ।


प्रतिक्रिया दिनुहोस्