एनएमबि बैंकको डेबिट कार्ड कारोबारमा आकर्षक क्यास ब्याक

काठमाडौं। एनएमबि बैंकले आकर्षक क्यासब्याक अफर घोषणा गरेको छ । बैंकले डेबिट कार्डमा १०० रुपैयाँ क्यासब्याक अफर घोषणा गरेको हो ।
सो अफर अन्तर्गत बैंकका सबै नयाँ ग्राहकहरूका साथै हालसम्म डेबिट कार्ड प्रयोग नगरेका सबै ग्राहकहरूले एटीएम बाट पैसा निकाल्दा वा प्वाइन्ट अफ सेल टर्मिनल (पिओएस) मार्फत कारोबार गर्दा १०० रुपैयाँ क्यास ब्याक पाउनेछन् ।
यो अफर सिमित अवधिको लागि मात्र लागु हुने बैंकले जनाएको छ । बैंकले हाल देशभरी २०१ शाखाहरु, १४४ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।