सिमा विवाद बारे छलफलका लागि भारत तयार - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

सिमा विवाद बारे छलफलका लागि भारत तयार



काठमाडौं । नेपाल सरकारले कालापानी, लिम्पियाधुरा र लिपुलेकलगायतको आफ्नो भूमि समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गरेपछि भारतले पहिलो पटक छलफल गर्ने भएको छ ।

दशकौ लामो नेपाली भूमिलाई भारतले अतिक्रमण गरेपछि नेपाल सरकारले उक्त भूमिसहतिको नक्सा जारि गरेको थियो । उक्त नक्सा सार्वजनिक गरेको लामो समयपछि छलफलका लागि भारत सकारात्मक भएको हो ।

नेपालका लागि भारतीय राजदूत वियन मोहन क्वात्रा र परराष्ट्र सचिव शंकरदास बैरागीबीच परराष्ट्र मन्त्रालयमा छलफल हुने भएको बताइएको छ ।

अगस्ट १७ तारिखमा भिडियो कन्फरेन्समार्फत उक्त बैठक हुने भारतीय दूतावास स्रोतले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्