गभर्नर अधिकारी र बोर्ड अध्यक्ष हमालको भेटवार्ता: सेयर कर्जाको सीमा हटाउने कि संशोधन गर्ने ? « Arthapath.com
८ आश्विन २०८०, सोमबार

गभर्नर अधिकारी र बोर्ड अध्यक्ष हमालको भेटवार्ता: सेयर कर्जाको सीमा हटाउने कि संशोधन गर्ने ?



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालबीच भेटवार्ता भएको छ । सोमबार गभर्नर अधिकारी र बोर्ड अध्यक्ष हमालबीच छलफल भएको हो ।

सो भेटवार्तामा हालको पुँजी बजार लगायतका समसामयिक विषयमा छलफल भएको राष्ट्र बैंकले जनाएको छ । गभर्नर र अध्यक्ष हमालबीच पुँजी बजर, भेञ्चर क्यापिटल तथा प्राइभेट इक्वीटी लगायत समसामयिक विषयमा पनि गभर्नर र अध्यक्षबीच छलफल भएको राष्ट्र बैंकले जनाएको छ ।

यतिबेला सेयर धितो कर्जाको विषय चर्चामा छ । सेयर कर्जामा १२ करोडको सीमा लगायतका विषयमा मुख्य छलफल भएको बुझिएको छ । अर्थमन्त्रालयले पनि सेयर कर्जामा लगाइएको १२ करोडको सीमा हटाउन जोड दिईरहेको छ ।

सो विषयमा अघिल्लो सोमबार नै अर्थमन्त्री डा. प्रकाशशरण महत र गभर्नर अधिकारीबीच पनि छलफल भएको थियो । सो छलफल पश्चात राष्ट्र बैंकको संचालक समितिको बैठकले बसेको थियो ।

सेयर कर्जामा लगाएको सीमा हटाउने वा संशोधन गर्ने भन्ने विषयमा निर्णय नभएपनि सम्वन्धित निकायसंग राष्ट्र बैंक छलफलमा जुटिरहेको छ । सोही सन्दर्भमा सोमबार गभर्नरले अधिकारीले बोड अध्यक्ष हमालसंग भेटवार्ता गरेका हुन् । सेयर कर्जाको सीमा हटाउने या संसोधन गर्ने भन्नेमा भने अझै निर्णय भएको छैन ।


प्रतिक्रिया दिनुहोस्