३ कार्तिक २०८३, मंगलबार

आइतबार थप ६४१ जनामा कोरोना संक्रमण



काठमाडौं । आइतबार देशभर थप ६ सय ४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमार्फत थप ६ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार २ सय ४७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा यी संक्रमित भेटिएका हुन् ।

यो सँगै कुल संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको छ ।

त्यस्तै संक्रमित मध्ये काठमाडौं उपत्यकाका मात्रै १७२ जना रहेका छन् ।

यस्तै हालसम्म निको हुनेको संख्या १७ हजार ३३५ पुगेको छ भने मृतकको संख्या १०४ पुगेको छ ।