मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर बाँडफाँट

काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले अवितरित हकप्रद सेयर बाँडफाँट गरेको छ । कम्पनीले कुल १ लाख ४२ हजार ७७३ कित्ता अवितरित हकप्रद सेयर असोज २९ गतेदेखि कात्तिक १३ गतेसम्म विक्री खुला गरेको थियो ।
उक्त हकप्रद सेयर कात्तिक १९ गते बाँडफाँट भएको हो । कुल कित्ता अवितरित हकप्रद शेयरमध्ये सर्वसाधारणतर्फ ६० हजार ६५० कित्ता र संस्थापक तर्फ ८२ हजार १२३ कित्ता रहेको थियो ।
संस्थापक तर्फको सेयर प्रतिकित्ता १०१ रूपैयाँ २ पैसा र सर्वसाधारण तर्फको शेयर प्रतिकित्ता २६० रूपैयाँ ५० पैसामा बोलपत्र पेश गर्नेहरूको हकमा समानुपातिक रुपमा बाँडफाँट गरिएको हो ।